
नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले ऋणपत्र बाँडफाँट गरेको छ । बैंंकले १० प्रतिशत व्याजदरको ऋणपत्र चैत ५ गते बाँडफाँट गरेको हो । बैंकले माघ २८ गतेदेखि फागुन २८ गतेसम्म एक हजार अंकित मूल्यका २५ लाख कित्ताले हुन् आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।
बैंकले १५ लाख कित्ताले हुन् आउने १ अर्ब ५० करोड बराबरको प्राइभेट प्लेसमेन्टबाट र बाँकि १० लाख कित्ता १अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्रि गरेको छ ।
सर्वसाधारणलाई छुट्याइएको कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरेको हो । २०८६ ऋणपत्र नाम दिइएको १० वर्षे अवधिको उक्त ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।