
गुडविल फाइनान्स लिमिटेड Goodwill Finance Company Limited ले १२ प्रतिशत व्याजदरको सात वर्षे ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले चैत ९ गते गोलाप्रथाबाट बाँडफाँट गरेको सुचना दिएको हो ।
कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र फागुन २८ गतेदेखि चैत २ गतेसम्म विक्री गरेको हो । कम्पनीले आवेदकहरुलाई २५ कित्ता देखि ४ सय ४० कित्ता सम्म माग बमोजिम नै दिएको र ४ सय ९९ कित्ता देखि ५ हजार कित्तासम्म माग गर्नेहरुलाई ४ सय ९५ कित्ताको दरले बाँडफाँट गरेको छ ।
बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ देखि ५ हजार कित्तासम्म माग गर्नेहरुलाई एउटै समुहमा राखि गोलप्रथाबाट १ किताको दरले बाँडफाँट गरेको छ ।
साथै, परिपत्र विधिमार्फत आवेदन गर्नेको हकमा आशिंक बाँडफाँटमा नपरेकाहरुलाई डिबेन्चर वापतको बाँकी रकम आवेदकहरुले उल्लेख गरेको बैंक खातामा चैत १० गतेदेखि आइपिएस मार्फत सिधै जम्मा गर्ने कम्पनीले जनाएको छ ।