नेपाल बैंकले माग्यो साढे ३ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 03:33:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै पुस १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रति कित्ता १ हजारको दरले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १४ लाख कित्ता सर्बसाधारणई र बाँकि २१ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । ऋणपत्र निष्काशनको लागि  नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले ८.५ प्रतिशत ब्याज दिने गरि १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved