वाइडबडी प्रकरणमा कांग्रेस उर्लदा देउवाको फोटो खै ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 05, 2019 | 07:09:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेस अहिले आन्दोलनमा छ। डाक्टर गोविन्द केसीको अनसनलाई समर्थन जनाउँदै सुरु गरेको काङ्ग्रेसको आन्दोलन अहिले देशव्यापी बनेको छ । दुवै सदनबाट चिकित्सिा शिक्षा विधेयक पारित भएपछि काङ्ग्रेसको आन्दोलन मोडिएको छ । 

अहिले सडकमा काङ्ग्रेस कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी जहाज खरिदमा भएको भनिएको घोटलामा संलग्नलाई कारबाहीको माग गर्दै उफ्रिएको छ । सरकारलाई असफल र सुरक्षा दिन नसकेको भन्दै प्रचार गरिरहेको छ । तर वास्तविकता अर्कै छ । 

वाइडबडी खरिदका विषयमा भएको भनिएको घोटलामा काङ्ग्रेस पार्टी सभापति शेर बहादुर देउवाको नाम जोडिएको छ । कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा उनले पर्यटन मन्त्रालय सम्हाल्दै गर्दा जहाज खरिद निर्णयको सुरुवात भएको थियो। तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाउँदा देउवा प्रधानमन्त्री थिए । सोही समयमा नेपालले वाइडबडी जहाज ए ३३०–२०० को पहिलो किस्ता तिरेको थियो । जहाज बेच्ने हाइफ्लाई एक्स कम्पनीले त्यति बेला पहिलो किस्ता बुझेको थियो ।

२०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री उल्लेख छ । यो विवरण गलत रहेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार देवले २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासँगै उनी जेठ २३ देखि पदमा रहेनन् ।

भोलिपल्ट जेठ २४ मा देउवाको नेतृत्वमा सरकार गठन भयो । तत्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरे । देउवाकै नेतृत्वमा पाँच दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखे । देव भने दोस्रो पटक २०७४ साउन ११ गते मात्र मन्त्री नियुक्त भएका थिए । उनको उक्त कार्यकाल फागुन ३ गते देउवाले राजीनामा दिएसँगै सकियो । भोलिपल्टै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो ।

वाइडबडी घोटला प्रकरणको विषयलाई तोडमोड गरेर काङ्ग्रेस नागरिक माझमा गुमेको आफ्नो साख फर्काउन चाहान्छ । उसले वाइडबडी प्रकरणलाई हतियारका रुपमा प्रयोग गरेको छ । तर आफ्नो नाम यस प्रकरणमा जोडिएपछि देउवा चुपचाप जस्तै छन् । उनले कही कतै बोलेका छैनन् । 

कांग्रेस अहिले सरकारको आलोचना र सरकार विरुद्ध आन्दोलनमा उत्रिएको छ। उसले उठाएको बिरोधका कारणमा बाइडबडी प्रकरण पहिलो जस्तै देखिएको छ। वाइडबडी प्रकरणमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो देखाएर बिरोध गरीनुले घटनालाई कहीं जोड्न खोजेको देखिन्छ। पर्यटनमन्त्री रबिन्द्र अधिकारिले बिबादमा मुछिएको वाइडबडी को दोस्रो किस्ता तिर्दा त्यसको जसअपजस प्रधानमन्त्री ओलीले लिनुपर्छ। यसअर्थमा पनि अहिलेको सरकारसंगै प्रधानमन्त्री ओलीको बिरोध जायज देखिएला। तर बाइडबडी प्रकरणमा मुछिएका पार्टी सभापति देउवा र कांग्रेसकै मन्त्री को बिरोध नहुनुले कांग्रेसका कार्यकर्ताले जनताले थाहा पाउने गरि आफ्नो नैतिक धरातलनै बिर्सेको विश्लेषण गरिएको छ। 

कांग्रेसको आन्दोलनमा बाइडबडी प्रकरणमा मुछिएकाहरुको बिरोध हुँदा प्रधानमन्त्री ओलीको फोटो देख्ने सर्वसाधारणले अहिले देउवाको फोटो खै भनेर सोध्न थालेका छन।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved