कोरोना भाइरस नियन्त्रणको उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 12:41:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नविन खतिवडा 

कोरोना भाइरस (कोभिड -19) अहिले संसारभरी नै महामारीको रूपमा फैलिएको छ। चीनबाट सुरु भएको यो भाइरस अहिले संसारका एकाध बाहेक सबै देशहरुमा फैलिएको छ। सुरुमा सामान्यरूपमा देखिएको यो भाइरसले अहिलेको आधुनिक एवं बैज्ञानिक विश्वलाई नै चुनौती दिएको छ। यस भाइरसबाट ११ लाख भन्दा बढी संक्रमित भएका छन् भने ५९ हजार जना भन्दा बढी मनिसले ज्यान गुमाइ सकेका छन् ।

विश्वको महाशक्तिको रूपमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणको संख्यामा तिब्र रुपमा बढेको छ। त्यस्तै इटालिमा १४ हजार बढीको ज्यान गईसकेको छ भने स्पेनमा पनि ११ हजार बढीले ज्यान गुमाएका छन् । युरोपमा पुर्णरुपमा यो भाइरसले कब्जा जमाइरहेको बेला चीनले भने आफ्नो दुरदर्शिता, स्वास्थ्य प्रणाली ,नागरिकहरुको दायित्वबोध गर्दै यसको संक्रमणलाइ नियन्त्रणमा लिएको छ। यसरी हेर्दा विश्व राजनीतिमा नयाँ आयम थपिएको छ भने चिनलाइ अब आउने समयको ठुलो शक्तिकोरूपमा हेरिएको छ। हुन त चीन आफैँमा बलियो राष्ट्र हो तर पनि विषम परिस्थितिमा लड्ने क्षमता, दुरदर्शिता,लगनशीलता,नेतृत्व एवं सरकारद्वारा नागरिकलाई सुरक्षाको प्रत्याभुति गराउनु साच्चै तरिफयोग्य छ। वास्तवमै चिनको यो कदम कोरोना भाइरसको विरुद्धमा उत्कृष्ट नै देखिन्छ ।

विशेषगरि नोबेल कोरोना भाइरसले विश्वब्यापी रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट सम्पूर्ण क्षेत्रमा प्रभाव पारेको छ। विश्वको अर्थतन्त्र नै तहसनहसको अवस्थामा जाँदै छ । उत्पादन, व्यापार तथा अन्य विविध क्रियाकलापहरू रोकिएको छ भने विश्व राजनितीमा नयाँ बहस सुरु भएको छ।

नेपालमा पनि यसको प्रभाव देखिसकेको छ ,जसको फलस्वरूप ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा एक जना उपचार पछि घर फर्किसकेका छन् । विश्वको उच्च स्वास्थ्य प्रणाली भएको देशमा समेत हजारौंको संख्यामा मानिसहरुको मृत्यु भैरहेको छ । यस्तो अवस्थामा कोरोना विरुद्ध संघर्ष गरिरहेको नेपालमा यदि यसको संक्रमण बढ्ने हो भने हाम्रो स्वास्थ क्षेत्रले पक्कै पनि धान्न सक्दैन। त्यसैले हामी सम्पुर्ण नागरिकहरु आफै सुरक्षित भएर बस्नुको विकल्प छैन। नेपाल सरकारले कोरोना भाइरस रोकथाम गर्नका लागि लकडाउन गरेको छ भने सार्वजनिक रूपमा नागरिकहरुलाइ भिडभाड गर्न,अनावश्यक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। जुन सरकारद्वारा चालिएको अत्यावश्यक र महत्त्वपूर्ण कदम देखिन्छ । हामी नागरिकहरूबाट पनि सरकारको निति, निर्देशन तथा आदेशलाई पालना गर्न आवश्यक देखिन्छ ।

कोरोना भाइरसको रोकथामको सबै भन्दा महत्त्वपूर्ण तरिका भनेको बिरामी परिक्षण नै हो। चीनले पनि यहि अभ्यास अपनायो र कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सफल भयो। अमेरिकाले पनि यो कामलाइ तिब्रता दिएको छ भने हाम्रो छिमेकी भारतले तथा युरोपेली राष्ट्रहरुले पनि बिरामी परिक्षणमा जोड दिएका छन् । तर नेपालमा नमुना परिक्षणले व्यापकता नपाउदा वास्तबिक संक्रमीतको संख्या प्राप्त गर्न सकिरहेको छैन। नेपालमा यो अवधिमा हजारौं मान्छे बिदेशबाट फर्किएका छन्। तिनीहरुको स्वास्थ्य परिक्षण छिटो भन्दा छिटो गर्नुपर्छ।त्यसैले आवश्यक सामाग्री , प्रयोगशाला, स्वस्थ्यकर्मी ,मेडिकल सामाग्रीको ब्यबस्थापन छिटो गर्न जरुरी देखिन्छ। तत्काल कोरोना संक्रमितको पहिचान गर्न निकै आवश्यक छ। जसको लागि छिटो भन्दा छिटो विशेषगरि विदेशबाट आउने नागरिकहरूको स्वास्थ्य परिक्षण हुनु पर्दछ साथै क्वारेनटाइनको ब्यबस्थापन गर्नुपर्दछ। विकसित राष्ट्रहरुको कोरोना बिरुद्धको असल अभ्यास लाई अनुसरण गर्नु पर्दछ ।

यदि नेपालमा यसको संक्रमण बढदै गएमा हाम्रो स्वस्थ सँयन्त्रले धान्न सक्छ? हाम्रो पुर्बतयारी पर्याप्त होला? भन्ने प्रश्न विदितै छ।त्यसैले सरकारले दिएको निर्देशन पालना गरि यसबाट स्वयं आफू जोगिएर घरमा बस्नुको विकल्प नै छैन। यसरी हेर्ने हो भने नेपालमा कोरोनाको जोखिम उच्च भएतपानी समयमा नै दुरदर्शिता देखाउने र आवश्यक तयारी एवं सतर्कता अपनाउने हो भने पक्कै पनि कोरोना भाइरसलाइ नियन्त्रण गर्न सकिन्छ । कोरोना भारसको अहिलेसम्म उपचार सम्भव नभएकोले यसबाट जोगिन सावधानी अपनाउनु नै उपयुुक्त कदम हो । 

(लेखक सिन्धुपाल्चोकमा कार्यरत शिक्षक हुन्) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved