उदयपुर सिमेन्टका प्रस्तावित जीएमद्वारा समाचारको खण्डन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 12:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ध्रुब बहादुर देवकोटा

उदयपुर सिमेण्ट उद्योगमा म विगत ३० वर्ष भन्दाबढी सेवा गरेर यही मिति २०७६ मंसिर २४ गते देखी अनिवार्य अवकाश प्राप्त कर्मचारी हुं। मेरो सम्पूर्ण उर्जासिल समय उमेर, बिबेक, मेहेनत, पसिना, उर्जा र श्र्म त्यही उद्योगमा खर्चेको एक ईमान्दार निष्ठावान र कर्तव्यनिष्ठ कर्मचारी हुं।

समाचारमा भनिए जस्तो म चरम भ्रष्टाचारमा मुछिएको भन्ने कुरा कथित मनोगत र मेरो मानमर्यादा, प्रतिष्ठा र ईज्जत आमदमाथिको ठाडो धावा हो भन्ने अर्थमा लिनु पर्ने देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय निर्देशन उपर सम्मानित अदालतबाट मिति २०६६ भाद्र २३गते उत्प्रेषणको आदेशबाट सफाई पाएको कुरालाई त्यस अनलाईन मिडियाले कुनै उल्लेख नगरी सफाई पाएको ११ बर्षपछि उल्लेखित भ्रामक समाचार लेख्न्नुले पनि मेरो मान, मर्यादा माथि थप प्रहार गरेको भन्ने प्रमाणित हुन्छ।

अर्को कुरा उद्योगमा कार्यरत  कुनै कर्मचारीले उद्योगले दिएको लिखित निर्देशन बेगर कुनै पनि एकल निर्णय गर्न सक्दैन। सिमेण्ट उद्योग पूर्ण सरकारी स्वामित्वको भएकोले कूने पनि खरिद वा विक्रि गर्ने विषयमा प्रशासन महाशाखाले कुनै निर्णय गर्न नसक्ने र संचालक समिति ब्यवस्थापन वा मन्त्रालयबाट कुनै निर्णय भै आएका विषयहरु कार्यान्वयन का लागि पठाउने मात्र हो। खरिद वा विक्रि कार्यमा महाशाखा एक्लै नभई उद्योगका महाप्रबन्धक, प्राविधिक नायव महाप्रवन्धकहरु,खरिद विभाग प्रमुख, , सम्बन्धित प्राविधिक विभाग प्रमुख, मुल्यांकन समिति आदि धेरै प्रक्रियाहरु पार गर्नु पर्ने हुन्छ।

यस बारे समाचारमा कुनै उल्लेख नहुनु दुखद पक्ष हो भन्ने यहांलाई जानकारी गराउन चाहन्छु। मेरो उद्योगको सेवा बाट २०७७ मसिंर २४ गते देखि अनिवार्य अवकाश भै सकेको अवस्थामा उद्योगको खरिद महाशाखा र प्रशासन महाशाखा प्रमुख भएर अनियमितता गरेको आरोपमा जिल्लाबासी नागरीक समाज र उद्योगका कर्मचारीले २०७७ पुस १ गते अख्तियारमा उजुरी हालेको विषय छ त्यस वारे कुनै आधिकारीक जानकारी उद्योग र व्यक्तिगत रुपमा मलाई छैन।

जिल्लावासी नागरीक समाज भन्ने संगठन स्थापना भएको र उद्योग संग सम्बन्धित भएको आधिकारीक जानकारी समेत छैन। नेपथ्यमा बसेका कोही अमुक पात्रको उक्साहटमा परेर वा बहकाउ र प्रलोभनमा परेर कोही कसैले त्यस्तो समूह वा संगठनको नामबाट मेरा विरुद् उजुरी दिएको भए निष्पक्ष छानविन होस् त्यसमा दोषी प्रमाणित भए कानुन बमोजिम जुनसुकै सजांयको भागिदार हुन राजी छु।

यसअघि:

अख्तियारको कारवाहीमा परेका देवकोटा उदयपुर सिमेन्टको महाप्रबन्धकमा सिफारिस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved