वालिङका मेयर भन्छन् 'चोरबाटोबाट भएपनि खोप ल्याउँछौ तर अब लकडाउन गर्दैनौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 12:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खांडले केन्द्र सरकारले नदिए चोरबाटोबाट भएपनि कोभिडको खोप ल्याएर यहाँका जनतालाई खोप लगाउने बताएका छन्। केन्द्र सरकारले तीन महिनाभित्र दिने प्रतिबद्दता जनाएकाले अहिले आफुहरु खोपको पर्खाईमा रहेको बताउदै केन्द्रले समयमा नदिए आफैं खरिद गरेर ल्याउने उनले बताए। 

कोभिड बिरुद्दको लडाई जित्ने अचुक उपाय भनेको कोभिडको खोप नै भएकाले आफुले खोपमा पहल गरेको उनको भनाई छ। भारत सरकारसँग आफ्नो राम्रो समबन्ध भएकाले वालिङ नगरपालिकलाई पुग्ने करिब खोप आफ्नै पहलमा ल्याउन सकिने उनले बताए। 

'कोभिड बिरुद्दको लडाई जित्ने अचुक उपाय भनेको खोप नै हो भन्ने प्रमाणित भएको छ, पटक पटक लकडाउन गरेर अब आर्थिक गतिबिधि बन्द गर्न सकिदैन' उनले भने, 'केन्द्र सरकारले तीन महिनाभित्र कोभिड को खोप उपलब्ध गराउछु भनेको छ, केन्द्रले नदिए हामि आफ्नै खरिद गरेर  ल्याउँछौ, आफ्नै पहलमा ल्याउन पनि नदिने, केन्द्रले पनि नदिने हो भने चोरबाटोबाट भएपनि ल्याएर वालिङ नगरवासीलाई खोप लगाउछौं'

केन्द्र सरकारले अनुमति दिए आफुहरुले खोप खरिद गरेर भएपनि सबैलाई उपलब्ध गराउने तर अनुमती नदिए चोरबाटो प्रयोग गरेर भए पनि खोप ल्याउने उनले बताए।  

कोभिड न्यूनीकरण तथा व्यवस्थापनमा वालिङ नगरपालिकाले के के गर्यो ?

मेयर खांडकाअनुसार कोभिड न्यूनीकरण तथा व्यवस्थापनमा वालिङ नगरपालिकाले उल्लेख्य र उदाहरणीय काम गरेको उनको दाबी छ। स्थानीय  नागरिक तथा शुभचिन्तकको सहभागीताले मात्रै वालिङ नगरपालिकाले यस प्रकारको उदाहरणीय काम गर्न सकेको हो। 

नगरपालिकाको आब्हानमा स्थानीय नागरिक तथा शुभचिन्तकहरुले दिल खोलेर सहयोग गरेकाले सरकारी बजेट अन्य पालिकाको तुलनामा कम खर्च भएको हो। कोभिडका बिरामीसंग जनप्रतिनिधिहरु पनि सँगसंगै हुनुपर्छ भन्ने मान्यता राखेर काम गरेकाले नगरपालिकाको आब्हान अत्यन्त फलदायी भयो।  

नेपालमा पहिलो पटक कोभिड देखिंदा अर्थात अघिल्लो आर्थिक बर्ष कोभिड न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तथा शुभचिन्तकबाट ५० लाख नगद र ७० लाख रुपैयाँ बराबरको कोरोना बिरामीको उपचारमा प्रयोग हुने औषधि, उपकरण लगायतका सामान सहयोग प्राप्त भएको थियो। जसबाट कोभिडको पहिलो लहरमा वालिङ नगरपालिकाले गाउँगाउँमा खाद्यान्न पुर्याउने काम गर्यौं भने कोभिड संक्रमितलाई आइसोलेसनमा राख्न कोभिड बेडदेखि उनीहरुको उपचारको सम्पूर्ण व्यवस्था भयो। 

कोभिड को बेलामा पनि वालिङले विकास निर्माणको कामलाई सुचारू राखेकाले श्रमजीबी बर्गमा पनि खाद्यान्न अभाव जस्ता कुराहरु भएनन्। तर कोभिडका बिरामीहरुको उपचारमा केन्द्रित भएर धेरै काम भयो। 

यसपटक कोभिड बिरामीका लागि आइसोलेसन निर्माण गर्ने, निशुल्क उपचार, कोभिडका बिरामी र उनीहरुका कुरुवाला खान र बस्नको व्यवस्था, कोभिडबाट मृत्यु भएकाहरुलाई क्रिया खर्च बापत २५ हजार उपलब्ध गराउने, कोभिड निको भएका तर आर्थिक अवस्था कम्जोर भएकालाई सन्तुलित आहारको लागि १५ हजार उपलब्ध गराउने, जस्ता कामहरु भएको र  यी कामहरु अहिलेपनि निरन्तर रहेको उनले बताए। 

तर यी कामका लागि नगरपालिकाको बजेट अत्यन्त कम प्रयोग भएको उनले बताए। अहिलेपनि ५० लाख रुपैयाँ बराबरको आश्वासन आइसकेको छ। जनप्रतिनिधि र बिरामीबीच पनि धेरै काम भएको, फ्रन्टलाइनमा रहेर उपचारमा खटिएका डाक्टर, नर्सहरुलाई अतिरिक्त सुविधा दिएको बताउदै उनले कोभिडकै कारण मृत्यु हुदैन भन्ने संदेश दिन वालिङ नगरपालिका सफल भएको बताए। 

निषेधाज्ञा गर्दैनौं 

कोभिडको मुख्य उपचार भनेको खोप नै भएकाले आफुहरुको ध्यान खोप उपलब्ध गराउने तर्फ रहेको उनले बताए। निषेधाज्ञा गर्दा यहाँका आर्थिक गतिबिधि ठप्प हुने र जनजिवीकाको काम अप्ठ्यारोमा पर्ने भएकाले आफ्नो ध्यान खोप उपलब्ध गराउने मात्र रहेको उनले बताए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved