कर्णाली डेभलपमेन्ट बैंकको दाबी : सम्पूर्ण कर्जा वास्तविक र सुरक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 08:29:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो सम्पूर्ण कर्जा वास्तविक र सुरक्षित रहेको भन्दै बिजपाटी डट कममा यसअघि प्रकाशित समाचारको खण्डन गरेको छ ।

बिजपाटीलाई प्राप्त उक्त खण्डनमा भनिएको छ, 'यस बैंकबाट गरिने सम्पूर्ण कर्जाको प्रवाह नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति तथा निर्देशिकाको अधिनमा रही गरिने भएको हुँदा अनलाइन समाचारमा उल्लेख भएबमोजिम नभई वास्तविक र सुरक्षित रहेको व्यहोरा बिजपाटी डट कमलाई स्पष्ट पार्दछौं ।'

बैंकको खण्डन:



हाम्रा कुरा:

बैंकबाट बिजपाटीलाई प्राप्त खण्डनमा सम्पूर्ण कर्जा वास्तविक र सुरक्षित भएको दाबी गरीएपनि बिजपाटीलाई प्राप्त प्रमाणअनुसार तिलक बिकले तयार गरेका कागजात तथा प्रमाणका आधार दिईने गरेका बैंकको कर्जा जोखिमपूर्ण देखिन्छ। । 

बैकका सीईओ दिनेशकुमार रावतले बिजपाटीसँगको कुराकानीमा केही समस्या देखिएको भए त्यसलाई आफू समाधान गर्ने र आवश्यक भए आन्तरिक समिति गठन गरी छानबिन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। 

बिजपाटीले यसअघि तथ्यसहित मिटरब्याजी तिलक बिकले ऋण अतिआवश्यक भएका व्यक्तिका जग्गा आफ्ना आफन्त तथा कामदारहरुको नाममा ल्याउने र उक्त जग्गा धितोमा राखेर बैकबाट कर्जा लिने र त्यसरी लिएको कर्जा पुन: घरजग्गा र मिटरब्याजमा लगाउने गरेको समाचार प्रकाशित गरेको थियो। 

प्रकाशित समाचारमा तिलक बिकको हेर्दा प्रकृयागत देखिने तर अनुसन्धान गर्दै जाँदा गम्भीर त्रुटी देखिनेगरि कर्जा लिँदा बैंकको व्यवस्थापन र संचालकलाई पनि बिश्वासमा लिएको केहि तथ्य समेत उल्लेख छ। 

बैंकले कर्जाको रुपमा ऋणीलाई दिने पैसा जनताको मिहिनेतको पैसा भएकाले बैंक तिलक बिक जस्तो प्रबृतिका व्यक्ति वा सँस्थाको प्रभावमा पर्नु हुन्न भन्ने बिजपाटीको मुख्य उदेश्य थियो। यद्दपि समाचार प्रकाशित भएपछि तिलक बिकबाट प्रयोग भएका व्यक्तिहरुले बिजपाटीकर्मीलाई विभिन्न माध्यमबाट धम्की दिएर समाचार डिलेट गर्न दबाब दिइरहेका छन्। 

यसअघि - 


बैंकको उच्च व्यवस्थापन नै मिटरब्याजीसँग मिलेपछिकर्णालीका निक्षेपकर्तामा 'प्यानिक'

कर्णाली डेभलपमेन्ट बैंकमा यसरी गरिन्छ 'निमुखा' प्रयोगगरेर अर्बौंको अपचलन

[Exclusive]कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौंरकम जोखिममा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved