आइपीओको नाममा खाडीको पैसा खेर नजाओस, ८५ रुपैयाँको शेयरलाई १०० रुपैयाँ हाल्नेहरु होसियार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 10:17:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयर बजारमा वास्तविक क्षेत्र (रियल सेक्टर) का कम्पनीहरुको अभाव भयो भन्ने गुनासो नयाँ होइन। तर पछिल्लो समय शेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी ल्याउने नाममा जोखिम पनि उत्तिकै बढेको जानकारहरुको भनाइ छ। 

हालै मात्र विदेश र स्वदेशका नेपालीका लागि प्राथमिक शेयर (आइपीओं) निष्काशन कार्य सम्पन्न गरेका हुन् वा अहिले आइपीओ बिक्री गरिरहेका कम्पनी हुन्, उनीहरुको अवस्था हेर्दा लगानीको जोखिम बढेको देखिन्छ। 

घरदेश र विदेशका नेपालीलाई प्रतिकित्ता एक सय रुपैयाँको दरले आइपीओ बिक्री सम्पन्न गरेको सिटी होटल होस् वा अहिले विदेशका नेपालीलाई आइपीओ बिक्री गरिरहेको रिपब्लिक मिडिया होस्। दुवै कम्पनीमा लगानी कम जोखिम पूर्ण छैनन्। 

घर देशकालाई मात्र नपुगेर विदेशका लागि पनि शेयर बजारमा भित्र्याउने उदेश्यले आइपीओ बिक्री भइरहँदा यस्ता कम्पनी कस्ता प्रकारका हुन् भन्ने कुराको जानकारी उनीहरुमा पर्याप्त नभएको पाइन्छ। त्यसमाथि पनि खाडीमा हुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुका लागि र उनीहरुका नेपालमा भएका परिवारका लागि सबैको पहुँचमा शेयर शिक्षा छ भन्ने कुराको 'ग्यारेन्टी' स्वयम् नेपाल सरकारले लिन सक्दैन। 

यस्तो अवस्थामा आजको दिनमा ८० -८५ रुपैयाँ पर्ने सेयरलाई (अर्थात् नेटवर्थ ८०-८५ रुपैयाँ भएका कम्पनीलाई) एक सय रुपैयाँ किन हाल्ने भन्ने कुराको ज्ञान सम्बन्धित लगानीकर्ता अर्थात आइपीओमा आवेदन दिने घरदेश र विदेशका लागि थाहा हुनु आवश्यक छ। 

त्यति मात्र नभई ८० -८५ रुपैयाँ पर्ने शेयरलाई सय रुपैयाँ हाल्दै गर्दा यो सय रुपैयाँ लगानी उठ्न अर्थात लगानी फिर्ता हुन लाग्ने अवधि (पे ब्याक पिरियड)) १०-१५ वर्ष लाग्छ भन्ने कुराको ज्ञान पनि हुन अति आवश्यक छ। 

सिटी होटल आफैँले सार्वजनिक गरेको विवरणमा पनि आज सय रुपैयाँ लगानी गर्नेले उक्त लगानी उठाउन कम्तिमा अर्को १५ वर्ष पर्खनुपर्ने उल्लेछ छ। त्यस्तै अहिले विदेशका नेपालीलाई आइपीओ बिक्री गरिरहेको रिपब्लिक मिडियाले पनि आज सय रुपैयाँ लगानी गर्नेले यो लगानी उठाउन कम्तिमा ७ वर्ष पर्खनुपर्ने जानकारी दिएको छ। 

यति मात्र नभई सिटी होटल र रिपब्लिक मिडिया दुवैले चालू आर्थिक वर्षसम्म सञ्चिति मुनाफा नोक्सानीमा भएको देखाएका छन्। सञ्चित नोक्सानी नाफामा नआउँदा सम्म सम्बन्धित कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न पाउँदैनन् भन्ने कुराको जानकारी लगानीकर्तालाई हुनु आवश्यक छ। 

सिटी होटलले आगामी आर्थिक वर्षमा आफू सञ्चित नाफामा जाने प्रक्षेपण गरेको छ भने रिपब्लिक मिडियाले आगामी वर्ष मात्र नभइ त्यसपछिका वर्षमा पनि कम्तिमा ३१ करोड सञ्चित नोक्सानीमा हुने प्रक्षेपण गरेको छ। यसको अर्थ आम्दानी र खर्च दुवै बराबर हुनलाई पनि कम्तिमा सञ्चित नोक्सानी शुन्य हुनुपर्छ। तर नाफा बाँड्न सक्ने अवस्थामा आउन पनि अझैं केही वर्ष लाग्ने प्रक्षेपण गरेको कम्पनीमा आजको दिनमा लगानी गर्नु अगाडि एक पटक सोच्नुपर्ने हुन्छ। 

अर्कोतर्फ, चालू आर्थिक वर्षमा सिटि होटलको प्रति सेयर आम्दानी माइनस १० रुपैयाँ पचास पैसा देखाइएको छ भने नेपाल रिपब्लिक मिडियाले १ रुपैंया २२ पैसा देखाएको छ। यसको अर्थ सिटि होटलमा सय रुपैयाँ लगानी गर्नेले चालू आर्थिक वर्ष १० रुपैयाँ ५० पैसा नोक्सानी व्योहोर्नु पर्ने हुन्छ भने नेपाल रिपब्लिक मिडियामा सय रुपैयाँ लगानी गर्नेले १ रुपैयाँ २२ पैसा आम्दानी गर्छ। जबकि नेपालको बैक वित्तीय संस्थामा सय रुपैयाँ जहाँ राखेपनि कम्तिमा ७ रुपैयाँ आम्दानी हुने अवस्था छ। 

त्यसमा पनि नेपालको सेयर बजारका लागि सूचिकृत वास्तविक कम्पनीको इतिहास त्यति राम्रो छैन। अहिले वास्तविक क्षेत्र भनेर घरदेश र विदेशका नेपालीलाई प्रतिकित्ता एक सय रुपैयाँमा सेयर बिक्री गरिरहेका र आगामी दिनमा बिक्रीको पर्खाइमा रहेका कम्पनीसँग जोडिएका व्यक्ति तथा संस्थाहरु प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिएकाहरु नै कुनै हिजो घरदेशका नेपालीलाई सेयर भिडाएर वेपत्ता भएको इतिहास जीवित छ। 

वास्तविक क्षेत्र भनिएका २२ कम्पनीमध्ये ६ वटाबाहेक अरु सबै कम्पनी अहिले पनि वेपत्ता छन्। त्यसैले पनि, दुई पैसा कमाएर घर परिवार र आफ्नो जिन्दगी राम्रो बनाउँछु भनेर देश छाडेका विदेशमा रहेका नेपाली तथा नेपालमै अन्यत्र आफ्नो कर्मथलो बनाएका घरदेशका नेपालीले यति धेरै जोखिम मोलेर लगानी गर्नु अगाडि सम्बन्धित कम्पनीको अवस्थाबारे जानकारी लिनु आवश्यक देखिन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved