एकै दिनमा ४५ अर्ब राजश्व संकलन, खर्च गर्न सरकार असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 10:55:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार स्रोत संकलन र बजेट खर्च दुबैमा लक्ष्य पुरा गर्न असफल देखिएको छ। चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा संघिय सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै भएको छ भने कुल बजेट खर्च पनि २५.८१ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको तथ्याङकले देखाउँछ।

आर्थिक वर्षको आधा समय वितीसक्दा पुँजीगत खर्च ५८ अर्ब मात्रै भएको छ भने चालु खर्च ३ खर्ब ९ अर्ब भएको छ। सरकारले चालु आर्थिक वर्षको लागि गत जेठ १५ मा १५ खर्ब ३२ अर्ब ९५ करोडको बजेट ल्याएको थियो । जसमा पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब चालु तर्फ ९ खर्ब ५७ अर्ब र बाँकी वित्तीय ब्यवस्था तर्फ रहेको थियो । 

यता कुल बजेटमा ११ खर्ब १२ अर्ब राजश्वबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको सरकारले पुष समान्तसम्ममा ४ खर्ब ३३ अर्ब १५ करोड  संकलन गरेको छ । जुन कुल लक्ष्यको ३८.९५ प्रतिशत हो। जसमा कर राजश्व ३ खर्ब ९१ अर्ब ९७ करोड र गैरकर राजश्व करिब ४१ अर्ब १८ करोड संकलन गरेको छ । 

एक महिनामा राजश्व संकलन ११ प्रतिशतले वृद्धि हुँदा बजेट खर्च ६ प्रतिशतले मात्रै बढेको छ। गत मंसिर मसान्तमा संघिय सरकारको बजेट खर्च १९.४८ प्रतिशत मात्रै थियो। जसमध्ये पुँजीगत खर्च ९.०५ प्रतिशत, चालु खर्च २५.८ प्रतिशत र वित्तीय ब्यवस्था तर्फको खर्च ८.४४ प्रतिशत थियो । मंसिर मसान्तमा राजश्व संकलन लक्ष्यको २७.७७ प्रतिशत थियो। कर राजश्व २८.६० र गैरकर राजश्व १९.५९ प्रतिशत रहेको थियो । 

एकै दिनमा ४५ अर्ब राजश्व संकलन

सरकारले पुष २९ गते एकै दिन करिब ४५ अर्ब राजश्व संकलन गरेको छ । पुष २८ गते साँझ सम्म ४ खर्ब १४ अर्ब राजश्व संकलन गरेकामा पुष २९ गते ४ खर्ब ५९ अर्ब माथि पुगेको छ । यस्तै पुष २९ गते सरकारले करिब ७ अर्बको भुक्तानी दिएको छ । २८ गते सोमबार ३ खर्ब ९३ अर्ब बजेट खर्च गरेकोमा पुष २९ गते सम्म ४ खर्ब कुल बजेट खर्च पुर्याएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved