विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ दिएको छ । नेपालका शहरी क्षेत्रको विकास र आर्थिक पुनरुत्थानकालागि विश्व बैंकले नेपाललाई ३५ करोड अमेरिकी डलर अर्थात ४२ अर्ब रुपैयाँ दिएको हो ।
यसै सम्बन्धमा मंगलबार अर्थ मन्त्रालयमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबार अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपालको शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाका लागि विश्व बैंकले १८ अर्ब र आर्थिक वृद्धिका लागि वित्त नीति विकास सहायता मार्फत बजेटरी सहयोग स्वरुप २४ अर्ब रुपैयाँ प्रदान गरेको हो ।