अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच छलफल

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 13, 2020 | 07:05:58 PM मा प्रकाशित

sarbottam cement

एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ईसीएफ) कार्यक्रमको तयारीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल भएको छ । भिडियो कन्फ्रेन्स मार्फत भएको छलफलमा ईसीएफ कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा पछि छफल भएको हो । 

उक्त छलफलमा अर्थमन्त्रीले प्रस्तावित एक्सटेन्डेट ईसीएफ कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भैरहेको कामप्रति खुशी व्यक्त गरे । उनले महामारीको कठिन परिस्थितिमा श्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले र्यागपिड क्रेडिट फ्यासिलिटि  आरसीएफ मार्फत नेपाललाई गरेको सहयोग तथा  सिसिआरटि अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे। 

अर्थमन्त्री र कोषका पदाधिकारी बीच कोरोनाले बढी प्रभाव पारेको क्षेत्रहरु र सो लगायत समग्र  आर्थिक पुनरुत्थानको गति थप तिव्र बनाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।  छलफलका क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्यारउने धारणा  अर्थमन्त्री पौडेलले व्यक्त गरे।

अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा  जी२० का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिनुहुँदै न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनु पर्ने बताए।

उक्त छलफलमा कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसंग थप सहकार्य गर्दै जाने समेत बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved