नेपालको चुलिदो व्यापार घाटाप्रति राष्ट्रपतिको चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 07:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चुलिदो व्यापार घाटाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गरेकि छिन् । आज राष्ट्रपति भवन शितलनिवासमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग भएको औपचारिक भटघाटका क्रममा राष्ट्रपति भण्डारीले उक्त कुरा व्यक्त गरेकि हुन् । 

‘हामी हर कुरामा वाह्य देशसंग निर्भर रहनु पर्ने अवस्था छ, यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं, यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी छ’, उनले भनिन् ।  

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा भण्डारीले स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमा मात्र वाह्य लगानी समेत आकर्षित हुनेभन्दै कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा जोड दिएको थिईन् । 

महासंघका अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट वाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनले साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुंदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताएका थिए । 

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप विग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए ।  

भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिएका थिए ।  

राष्टपतिले महासंघको वर्तमान यूवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिएकी थिईन् । 

हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन । अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ राष्ट्रपति भण्डारीले महासंघका पदाधिकारीहरुलाई रोजगारीका लागि वाध्य भएर वाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएकी थिईन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved