निर्माण व्यवसायीसँग भेटेर अर्थमन्त्रीले भने, ‘साह्रै ब्यस्त भईयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 08:39:17 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायी महासंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर निर्माण क्षेत्रका ४ वटा समस्या सुनाएको छ । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा अर्थमन्त्रीलाई भेट्न गएको प्रतिनिधि मण्डलले सबै ठाउँमा बजेट नपुगेको, प्रदेशका आयोजनाको भूक्तानी नपाएको गुनासो गरेका छन् । 

संघिय सरकारबाट प्रदेश सरकार मातहत गएर पुनः संघिय सरकारकै जिम्मामा फर्किएर ५ सय बढी आयोजना लथालिङ्ग बनेकाले ती आयोजनाको सम्बन्धमा जतिसक्दो चाँडो निर्णय गर्न अध्यक्ष सिंहले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस्तै निर्माण सामग्री खरिद गर्दाको पैसा तिर्न नसकिएकाले धरौटीवापत व्यवसायीले राखेको कुल रकमको ५ प्रतिशत रकम फिर्ता दिन पनि अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको अध्यक्ष सिंहले जानकारी दिए । 

निर्माण व्यवसायीका समस्या सुनिसकेपछि अर्थमन्त्री पौडेल समाधान गर्न सकारात्मक देखिएका छन् । निर्माण व्यवसायीहरुले औल्याएका समस्याका सम्बन्धमा सरकार जानकार रहेको र ती समस्याबारे अध्ययन भईरहेकाले यथाशीघ्र समाधान गर्ने अर्थमन्त्री पौडेलले प्रतिवद्धता जनाएका हुन् । 

‘निर्माण व्यवसायी साथीहरुले बेलाबेला असजिलो महशुस गर्नुभएको कुरामा सरकार जानकार छ, हामीले आफ्नो तर्फबाट पनि तपाईहरुका समस्याबारे अध्ययन गरिरहेका छौँ’ अर्थमन्त्री पौडेलले भने, ‘अहिले उत्पन्न राजनीतिक परिस्थितीका कारण ब्यस्त हुनु परेको छ, सबै क्षेत्रमा आवश्यक समय दिन नसकिएको कुरा सत्य हो । यसो भनेर तपाईहरुका समस्या समाधानमा केन्द्रित नै हुन पाईएन भन्न खोजेको होइन, अध्ययनको काम सकिएपछि सबै असजिलाहरुको सम्बोधन हुन्छन् ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved