मौद्रिक नीतिको समिक्षाबारे परिसंघको मिश्रित प्रतिक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 05:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबारे नेपाल उद्योग परिसंघले मिश्रित प्रतिक्रिया जनाएको छ । मौद्रिक नीतिले कोभिड–१९ ले सिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत पुग्ने विश्वास व्यक्त गर्दै परिसंघले केही विषयमा भने सुझाव पनि दिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको भन्दै परिसंघले धन्यवाद पनि दिएको छ । कर्जाको व्याजदरलाई वान्छित सीमामा राखि व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको, कोभिड–१९ का समयमा गरिएको कर्जाका विशेष व्यवस्था, कर्जा पुनर्तालिकीकरण गर्न पाउने समयमा थप जस्ता कदमले व्यवसाय पुनरुत्थान हुँदै दीगो समेत रहने परिसंघको विश्वास छ । 

तेश्रो मुलुकबाट ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा भुक्तानी गर्ने रकम बढाईनु, भारतबाट विदेशी मुद्रामा आयात गर्ने वस्तु थप हुनु, स्वचालित तवरबाट नियमनकारी निकायबाट स्वीकृत भएको विदेशी लगानीको लागि राष्ट्र बैंकबाट अनुमति लिई रहनु नपर्ने व्यवस्थाले उद्योग व्यवसायलाई थप हौसला प्रदान गरेको परिसंघले जनाएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाउने तथा QR बाट हुने भुक्तानीलाई बढवा दिनेसमेत मौद्रिक नीतिका सकारात्मक पक्ष भएको परिसंघको बुझाई छ ।

पुनर्कर्जाको अधिक्तम सीमा २० करोड तोकिएकोमा हवाई तथा उड्डयन, होटेल जस्ता अति प्रभावित उद्योगहरुलाई राहत नहुने भएकोले यसको सीमा बढाई कर्जाको कम्तिमा २० प्रतिशत बनाईनुपर्ने परिसंघले माग पनि गरेको छ । व्यवसाय सञ्चालकको निजी सम्पत्ति कम्पनीको कर्जाको लागि धितो राख्न नपाउने व्यवस्था, लगातार दुई वर्ष घाटामा रहेका उद्योग व्यवसायलाई वाणिज्य बैंकले सूक्ष्म निगरानीमा राख्नुपर्ने विषयहरु समेत राष्ट्र् बैंकले पुनर्विचार गर्नुपर्ने परिसंघको सुझाव छ ।

विदेशी मुद्राको व्यक्तिगत पासपोर्ट सटही सुविधा, भारतबाट विदेशी मुद्रामा आयात हुने वस्तुहरुको सूचि तथा विदेशी विज्ञलाई हुने भुक्तानीसमेत आगामी दिनहरुमा थप गर्दै लैजानुपर्ने परिसंघले बताएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved