७ दिनमा ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 09:05:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ७ दिनमा ५ वटा औद्योगिक क्षेत्रको शिलान्यास गर्ने भएको छ । नेपाल सरकारको समेत स्वामित्व भएको औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडका अनुसार नेपाल सरकारले यस अघि नै घोषणा गरेका औद्योगिक क्षेत्रहरुको शिलान्यास गरिन लागेको हो ।

जस अनुसार कंचनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १० गते शिलान्यास गर्ने भएका छन् । त्यस्तै ओलीले नै प्रदेश नम्बर १ को चीन-नेपाल मैत्री औधोगिक पार्कको फागुन १६ गते शिलान्यास गर्ने छन् ।

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको उद्योग मन्त्री लेखराज भट्टले फागुन ११ मा शिलान्यास गर्ने छ भने रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णु पौडेलले फागुन १३ गते शिलान्यास गर्ने कार्यक्रम तय भएको लिमिटेडले जानकारी दिएको छ । त्यस्तै उद्योग मन्त्री भट्टले नै फागुन १४ गते मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved