कहिले आउँछ मौद्रिक नीति ? यसो भन्छन् अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 02:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीतिका सम्बन्धमा छलफल गरिरहेको बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री शर्माले नयाँ आर्थिक वर्षको सुरुवात भईसकेकाले मौद्रिक नीति चाँडो सार्वजनिक गर्नुपर्ने भएपनि आफू अहिले सबै क्षेत्रसँग छलफलमै केन्द्रित रहेको बताए ।

‘आज पनि मैले मन्त्रालयका महाशाखा प्रमुखहरुसँग एक चरणको छलफल गरेको छु’ अर्थमन्त्री शर्माले भने, ‘मौद्रिक नीतिका सम्बन्धमा पनि कुराकानी भईरहेका छन्, सबैतिरबाट आएका सुझावहरु सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग पनि कुराकानी गर्नुछ ।’

अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गर्भनरसँग आफ्नो छुट्टै छलफल भईनसकेको इंकित गर्दै मौद्रिक नीति सार्वजनिक हुन अझै केही दिन ढिला हुन सक्ने संकेत गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved