घट्यो वैदेशिक लगानी प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 02:16:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा वैदेशिक लगानी प्रतिवद्धता घटेको छ । कोरोना भाइरसका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक नदेखिँदा लगानी प्रतिवद्धता घटेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा वैदेशिक लगानी प्रतिवद्धता २१ प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३० अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । २०७६/०७७ मा ३७ अर्ब ८५ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

१८१ उद्योग दर्ता

विभागका वैदेशिक लगानी महाशाखाका निर्देशक सुरेश श्रेष्ठका अनुसार कोभिडका कारण लगानी प्रतिवद्धता घटेको निष्कर्ष विभागको छ । यद्यपी, आर्थिक वर्ष २०७७/०७८ मा विदेशी लगानीका लागि १८१ उद्योग दर्ता भएका छन् । 

यी सबै उद्योगहरु सञ्चालनमा आएपछि ५ हजार ६९७ जनाले रोजगारी पाउने छन् । आर्थिक वर्ष २०७८/०७९ को अर्ध वार्षिक समिक्षासम्म आधा बढी उद्योगहरु सञ्चालनमा आईसक्ने दाबी गरिएको छ ।  

कुन क्षेत्रमा कति लगानी प्रस्ताव ?

सबैभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । उद्योग विभागको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा १८ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

सेवामूलक क्षेत्रमा ५ अर्ब ९८ करोड,सूचना तथा प्रविधि क्षेत्रमा २ अर्ब ९५ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रमा २ अर्ब ५९ करोड, उर्जा क्षेत्रमा २७ करोड र कृषि क्षेत्रमा ५२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved