५८ प्रतिशतले बढ्यो व्यापार घाटा, ३ महिनामै ४ खर्ब १३ अर्बको बस्तु आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 05:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा व्यापार घाटा ५८.३ प्रतिशतले बढेको छ । नेपालबाट वैदेशिक व्यापार अन्तर्गत हुने निर्यात १०९.५ प्रतिशतले बढेपनि व्यापार घाटा ५८.३ प्रतिशतले बढेको हो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको साउन, भदौ र असोजको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा व्यापार घाटा १५.१ प्रतिशतले घटेको थियो । तर, अहिले ह्वात्तै बढेको हो । 

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६५ अर्ब ५ करोडको वस्तु निर्यात भएको छ । गत वर्ष निर्यात १४.३ प्रतिशतले बढेको थियो ।

तर, यही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved