वित्त आयोगको लोगो डिजाइन गर्न आह्वान, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2021 | 10:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नको लागि पुन: प्रस्ताव आह्वान गरेको छ । आयोगले यस अघि सूचना प्रकाशन गरी लोगो डिजाईनको प्रस्ताव माग गरिएकोमा म्याद भित्र प्राप्त भएका प्रस्तावहरु आयोगको अपेक्षा बमोजिम नभएकोले रद्द गरी पुन सूचना प्रकाशन गरेको हो ।

आयोगले इच्छुक  व्यक्ति/फर्म/कम्पनी हरुलाई लोगो डिजाइन गरि पुस २२ गते भित्र आयोगमा पठाउन आग्रह गरेको छ । आयोगको मूल्याङ्कन समितिले छनोट गरेका ३ वटा प्रतिक चिन्ह (लोगो) डिजाइनसम्बन्धी प्रस्तावहरूमध्ये आयोगले उत्कृष्ट ठहऱ्याई प्रयोगमा ल्याउने लोगोको डिजाइनकर्तालाई ५० हजार नगद पुरस्कार तथा प्रमाणपत्र र अन्य बाँकी दुई वटा लोगोको डिजाइनकर्तालाई जनही रू. १० हजारका दरले नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

आयोगले लोगो पठाउँदा रङ्गिन र श्यामस्वेत एक/एक प्रति A4 कागजमा पेश गर्नु पर्ने र Soft Copy पेन ड्राईभमा वा आयोगको ईमेल ठेगानामा पठाउनुपर्ने जनाएको छ ।

आयोगले लोगो निम्न अनुसार हुनु पर्ने जनाएको छ :

 १. नेपालको नक्सा, राष्ट्रिय झन्डा र आयोगको नाम समावेश हुनुपर्ने,

२. वित्तीय सङ्घीयताका आधारहरू (खर्च जिम्मेवारीको बाँडफाँट,राजस्व अधिकार, अन्तर सरकारी वित्तीय हस्तान्तरण, आन्तरिक ऋण र प्राकृतिक स्रोतको परिचालन तथा बाँडफाँट सँग सम्बन्धत कुराहरु झल्कनु पर्ने),

३. वित्तीय सङ्घीयताको संरक्षक (Custodian of fiscal federalism का रूपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थान र भूमिका झल्कनुपर्ने,

४. सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धः सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित रहेको झल्कनुपर्ने,

५. प्राकृतिक स्रोत साधन (जलविद्युत, वन, खानी, पर्वतारोहण र पानी तथा अन्य) को संरक्षण र दिगो उपयोग गर्ने विषय समेटनु पर्ने,

६. प्रतिक चिन्ह (लोगो) अधिकतम ३ (तीन) से.मी व्यास भएको हुनुपर्ने,



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved