काँग्रेस महाधिवेशनः कसले कति गरे आर्थिक सहयोग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 10:30:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत निर्वाचनको प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि कार्यकर्ताबाट कुनैपनि शुल्क नउठाएको काँग्रेसले खर्चको व्यवस्थापन कसरी गर्दैछ भन्ने चासो छ । केही व्यवसायीहरुले गोप्य रुपमा चन्दा दिएको पनि बताईएको छ ।

महाधिवेशनमा ३ करोड खर्च हुने अनुमान गरिएकोमा हालसम्म १ करोड ५० लाख रुपैयाँ दाताबाट मात्रै उठेको छ । काँग्रेसकै नेतासमेत रहेका नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले २५ लाख दिएका छन् । देउवाले आफू प्रधानमन्त्री बने लगत्तै स्वास्थ्य राज्यमन्त्री बनाएका मेडिकल कलेज चलाउने व्यापारी उमेश श्रेष्ठले पनि २५ लाख दिएका छन् । 

निर्माण व्यवसायी (ठेकेदार)समेत रहेका काँग्रेस नेता जिपछिरिङ लामाले पनि २५ लाख दिएका छन् । काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि मोटै रकम दिएको खुलेको छ । उनले १० लाख रुपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट दिएको बताईन्छ । 

ठूला व्यवसायिक घरानाले पनि गोप्य रुपमा चन्दाकै शैलीमा रकम दिएका छन् । चौधरी समूहले बिनोद चौधरीले दिएको २५ लाख बाहेक पनि केही रकम दिएको दाबी स्रोतले गरेको छ । गोल्छा अर्गनाइजेशबाट पनि सहयोग आएको दाबी काँग्रस निकट स्रोतको छ ।

गैरसकारी संस्था चलाउने काँग्रेसका शुभेच्छुकहरुबाट पनि यथेष्ट सहयोग आएको बताइन्छ । ठूला एनजीओकर्मीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन् । हालसम्म मोटो रकम मात्रै १ करोड ५० लाख उठेको दाबी स्रोतको छ ।

‘सानोतिनो सहयोग २० हजार, ४० हजार पनि आएको छ’ स्रोतले भन्यो, ‘सबै जोड्दा करिब करिब डेढ करोड उठ्या छ, खर्च बढ्न सक्ने पनि देखिएको छ । शुभेच्छुकहरुले पार्टीको महाधिवेशन सफल बनाउन आर्थिक सहयोग गरेको विषय नौलौ होइन, हामीले खुलम् खुल्ला अरुले जस्तो कार्यकर्ताबाट पैसा उठाएनौँ, नपुगेको खर्च पार्टीले ब्यहोर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved