अर्थमन्त्रीले निजि क्षेत्रलाई भने 'ब्याजदर खुला छोड्ने कि नियमन गर्ने हो, प्रस्ताव ल्याउनुस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 11:04:01 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बजारको ब्याजदर कस्तो उनु पर्ने हो , त्यस विषयमा प्रस्ताव ल्याउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कोभिड पश्चातको नव उत्थान सम्मेलन (Post Covid Revival Conference) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले ब्याजलाई खुला बजारले निर्धारण गर्ने गरि छोड्दा उपयुक्त हुन्छ या नियामकले निश्चित बिन्दुमा राख्दा उपयुक्त हुन्छ भन्दै महासंघको धारणा माग गरेका हुन् । 

त्यस्तै उनले अर्थतन्त्रको सवालमा के कस्ट नीति ल्याउदा फाइदा हुन्छ , त्यस बारे प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।  उनले आफ्नो निजि स्वार्थ नहेरी समग्र देश र अर्थतन्त्रलाई नै लाभ हुने प्रस्ताव ल्याउन आग्रह गरेका हुन् । ७० प्रतिशत योगदान गरिरहेको निजि क्षेत्रको सल्लाह सुझावलाई मार्गनिर्देशनको रुपमा मानेर अर्थ मन्त्रालयले आफ्ना नीति नियम बनाउने उनले बताएका हुन् ।  

त्यस्तै उनले विद्युत बिक्रि गरेर नभई विजुली देश मै खपत गरेर ब्याप घाटा कम गर्न सकिने बताएका छन् ।  उनले देश मै विद्युत खपत हुँदा त्यसले सिर्जना गर्ने रोजगारी र उत्पादनको पाटोले बढी फाइदा हुने बताएका हुन् ।  देश मै खपत गरेर बढी भए मात्र बिजुली बिक्रि गर्न सकिने उनको भनाई थियो ।  उनले उद्योगलाई फरक फरक दरमा बिजुली दिनु पर्ने प्रस्ट  गरेका छन् ।  निर्यात जन्य उद्योगलाई कम दरमा विजुली दिनु पर्ने उनको भनाई छ ।  उनले कस्ता उद्योगलाई कति दरमा बिजुली दिन सकिन्छ , त्यस बारेको पनि प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।  उनले कतै बिजुली खेर जाने र कुनै उद्योगले बिजुली नपाएको अवस्थाको पनि अन्त्य गर्ने बताएका छन् ।  

विश्वव्यापी रूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझबढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले सम्मेलनको आयोजना गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved