एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 05:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य सम्बन्धी समझदारी भएको छ ।

दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन् । उक्त समझदारीपत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

समझदारी अनुसार दुवै संस्थाले वित्तीय नीति र प्रक्रियामा विभिन्न सरोकारवालासँग सहकार्य र संयुक्त रुपमा लबी गर्ने र दुवै पक्षलाई फाइदा हुने वातावरण सिर्जना गर्नेतर्फ मिलेर काम गर्नेछन् । 

प्रशिक्षण, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने, महासंघ र मातहतका जिल्लास्तरमा गठित विभिन्न समितिहरुमा आवश्यकता अनुसार एक्यानको प्रतिनिधित्व गर्न पदेन सदस्य रहने व्यवस्था मिलाउने, दुवै संस्थाका प्रदेश तहका कार्यालय र समितिबीच समन्वय गरी आपसी समझदारी र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ । 

दुई वर्षका लागि गरिएको समझदारी अन्तर्गत एक्यानले महासंघका सदस्यलाई विषयगत तालिम पनि उपलब्ध गराउने छ ।   

समझदारीबारे महासंघका अध्यक्ष श्रेष्ठले यसबाट महासंघमा आबद्ध ३६ जिल्लाका १० हजारभन्दा बढी सदस्यले चार्टर्ड एकाउन्टेन्टसहरुको विज्ञतामा आधारित सरसल्लाहबाट प्रभावकारी व्यावसायिक योजना बनाएर अघि बढ्न सक्ने बताए । 

एक्यानका अध्यक्ष वाग्लेले आफ्ना सदस्यहरुको विज्ञताबाट हेभी इक्विपमेन्ट व्यवसायीहरु लाभान्वित हुन सकून् भन्ने उद्देश्यले नै सहकार्य गर्न लागेको बताए । संघले सञ्चालन गर्दै आएको कर, बजेट, मौद्रिक नीति लगायत अन्य आर्थिक नीतिसम्बन्धी सचेतना कार्यक्रम महासंघका सदस्यमार्फत अघि बढाउन पनि यो सहकार्यले योगदान गर्ने उनको भनाइ छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved