५ महिना मै ८ खर्ब बढीको सामान आयात, ब्यापार घाटा ७ खर्ब ३५ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 03:00:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा  नेपालले ८ खर्ब बढीको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ५९.५५ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५ खर्ब २५ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ५ महिनामा नेपालले १ खर्ब २ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५० अर्ब ५ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

चालु आर्थिक वर्षको ५ महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ५४.७० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ४ खर्ब ७५ अर्ब मात्रै थियो। 

५ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ४९ अर्बको आयात गरेको छ ।  त्यस्तै ३३ अर्ब ६६ करोडको सोयाबिन तेल, २४ अर्ब ६१ करोडको पाम तेल, २४ अर्ब १० करोडको पेट्रोल, र २३ अर्ब ११ करोडको एलपीजी ग्यास आयात गरेको छ ।  यस अवधिमा नेपालले  ३० अर्बको सोयाबिन तेल निर्यात गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved