भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै बिभागमा परीक्षार्थीको धर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 02:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्काल भन्सार एजेन्टको परिक्षा लिन माग गर्दै आवेदकहरुले भन्सार बिभागको कार्यलयमा धर्ना दिएका छन्। लोकसेवा मार्फत ६६० जना भन्सार एजेन्टको लागि आबेदन माग गरीएपनि अहिलेसम्म परिक्षा नलिएको भन्दै आन्दोलित आवेदककर्ताहरुले आज बिभागमा धर्ना दिएका हुन्। 

२०७७ चैत १६ गते भन्सार विभागले ६६० जना भन्सार एजेन्टको माग गर्दै बिज्ञापन खुला गराएको थियो तर त्यसयता बिभिन्न प्राविधिक कारण देखाएर बिभागले परिक्षा नलिएपछि भन्सार एजेन्टको लागि आबेदन दिएकाहरुले परीक्षाको माग गर्दै धर्ना दिएका हुन्।    

आबेदन खुला गरिएको झन्डै १० महिना बित्न लाग्दा पनि परीक्षाको लागि आबेदन खुला नगरीपछि उक्त परीक्षा संचालनको माग गर्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्नु पर्ने परीक्षार्थी सिराज मिकरानीले बिजपाटीलाई बताए। 

आबेदन खुला गरिएको लामो समय भईसक्दा पनि परिक्षाको कार्यक्रम अगाडी नबढाईएकाले आफुहरुले पटक पटक आग्रह गर्दापनि सुनुवाई नभएपछि आफुहरु सडकमा आउन बाध्य हुनुपरेको मिकरानीको भनाई छ। 

'कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद हो' मिकरानीले बताए।  

भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।

यता भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताएका छन्। 

लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि केन्द्रको अभाव भएकाले परीक्षा सञ्चालनमा ढिलाई भएको उनको अर्यालको दाबि छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved