नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न एनआरएनलाई पूर्वराष्ट्रपति यादवको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 04:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताए ।

“भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ”, पूर्व राष्ट्रपति यादवले भने।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गरे। ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत् छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उनले कार्यक्रममा दिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved