अर्थतन्त्रमा बाहिर हल्ला गरेजस्तो समस्या छैन, माघ भित्र तरलता सहज हुन्छ: अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 12:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला गरेजस्तो अर्थतन्त्रमा समस्या नभएको बताएका छन् । बैंक वित्तीय संस्था परिषद नेपाल सीबीफिनको साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा बाहिर हल्ला गरेजस्तो समस्या नभएको र तरलता समस्या क्रमश ब्यबस्थापन हुदै गएकोले माघ भित्र यसको समाधान हुने बताएका छन् ।

डलरको मूल्य बढेको तथा, तेल र फलामको मूल्य बढ्दा विदेशी मुद्राको संचितिमा दबाब परेको उनको भनाई छ । २ वर्षसम्म निस्सासिएर बसेको व्यबसायी व्यबसायमा फर्कंदा कर्जाको माग अचानक बढेको र यसले तरलतामा दबाब बढेको उनले बताए ।

अर्थतन्त्रमा निजि क्षेत्रको योगदान ७२ प्रतिशत रहेको र त्यसमा बैंक तथा वित्तीय क्षेत्रको योगदान २० देखि २२ प्रतिशत रहेकोले बैंकिंग र निजि क्षेत्रबाट उत्पादनमा जोड हुनु पर्ने बताएका छन् ।

अहिले चालु खर्च ३८ प्रतिशत र पुँजीगत खर्च ९ प्रतिशत खर्च भएको जानकारी दिदै उनले यो प्रतिशत अझै बढ्दै जाने उनले बताए । संरचनागत समस्य का कारण खर्च गर्न सहज नभएको उनको भनाई छ । आयात ६२ प्रतिशतबाट ५८ प्रतिशतमा झरेको तथ्य बताउदै अर्थमन्त्री शर्माले क्रमश आयात कम हुदै जाने दाबी गरेका छन् ।

उनले तरलता ब्यबस्थापनको लागि जनताको निक्षेपमा मात्र भर नपर्न बैंकहरुलाई सुझव दिएका छन् । विदेशमा भएका नेपालीले डलरमा खाता खोलान पाउनु ब्यबस्थाले निक्षेप सहज हुने उनको अपेक्षा छ ।

इजरायल, कोरिया, जापान लगायतका मुलुकमा शाखा खोलेर तयहको पैसा नेपाल भित्र्याउन उनले सुझाव दिएका छन् । यसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता पनि उनले व्यक्त गरेका छन् ।

संकट देखिंदा बैंकहरुले फाइदा खोज्नु नहुने उनको भनाई छ । उनले संकट र परिस्थिति अनुसार चलन बैंकहरुलाई निर्देशन दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved