माघभित्रै सबै भन्सारमा विद्युतीय भुक्तानी लागू गर्ने तयारी, चेक वा नगद नचल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 03:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले भन्सारमा विद्युतीय भुक्तानी लागू गरेको छ । भन्सारलाई आधुनिकीकरण गर्दै भन्सारमा हुने व्यापारलाई थप सहजीकरण गर्नको लागि भन्सार विभागले निकासी वा पैठारी गरेवापत बुझाउनु पर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी विद्युतीय भुक्तानी प्रणालीको सुरुआत गरेको हो।

 २०७८ पौष १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियामा परीक्षणको रुपमा कार्यान्वयन भएको यस प्रणालीलाई २०७८ माघ महिनाभित्र सबैजसो भन्सार कार्यालयहरुमा लागू गर्ने गरी भन्सार विभागले तयारी गरिरहेको जनाएको छ।

उक्त प्रणाली सबै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा आएपछि बैंकहरुबाट जारी गरिने कुनै पनि चेक वा नगद रकम भन्सारको राजस्व भुक्तानी गर्ने प्रयोजनका लागि स्वीकार नगरिने भएकाले सम्पूर्ण निकासीकर्ता वा पैठारीकर्ताहरुले सोही बमोजिम तयारी गर्न समेत विभागले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी प्रणाली लागु भएका भन्सार कार्यालयमा चेक जारी गर्न नपाउने ब्यबस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले पुस १६ गते यसबारे निर्देशन दिएको थियो । विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न नपाइने निर्देशन राष्ट्र बैंकले दिएको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved