चुनावका लागि मात्रै ५० अर्ब बजेटको माग छः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 04:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले चुनाव खर्चका लागि ५० अर्ब रूपैयाँ बजेट माग आएको बताएका छन् । 

आर्थिक वर्ष २०७८÷०७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको तर माग ५० अर्बको आएको बताए । 

‘बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गरिरहेका छौँ’ उनले भने, ‘स्रोत व्यवस्थापनमा चुनौती छ ।’ 

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । निर्वाचन आयोगले चुनावका लागि १२ अर्ब बढी खर्च हुने अनुमान गरेको छ । अर्कोतर्फ गृह मन्त्रालयले १९ अर्ब ५० करोड माग गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved