चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गर्न ल्याउने बस्तुको रुट तोकियो (रुटसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 01:20:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सुक्खा बन्दरगाह चोभारबाट भन्सार जाँचपास गराउन चाहने सवारीका लागि सडक रुट तय भएको छ । विभिन्न भन्सार कार्यालयबाट काठमाडौँ ल्याएरै चोभारस्थित सुख्खा बन्दरगाहबाट जाँचपास गराउन चाहनेको लागि रुट तोकिएको हो । 

भन्सार विभागले मेची, विराटनगर, वीरगंज, सुक्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयहरुबाट चोभार सुक्खा बन्दरगाह भन्सारसम्म मालवस्तु पैठारीको सडक रुट तोकेको हो । 

मेची भन्सार काकडभिट्टा झापाबाट मेची, बिर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारायणगढ, मुग्लिङ, नौबिसे, नागढुंगा, थानकोट, कलंकी र बल्खु हुँदै चोभार सुक्खा बन्दरगाह पुग्न सकिने गरी रुट तोकिएको छ ।

विराटनगर भन्सारस्थित बुधनगर मोरङबाट विराटनगर, दुहवी, इनरुवा, बर्दिबास, पथलैया, हेटौंडा, नारायणगढ, मुग्लिङ, नौविसे, नागढुंगा, थानकोट, कलंकी र बल्खु हुँदै चोभार पुर्याउन सकिनेछ । 

वीरगंज भन्सार सिर्सिया र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट सिर्सिया, परवानीपुर, सिमरा, पथलैया, हेटौंडा, नारायणगढ, मुग्लिङ, नौबिसे, नागढुंगा, थानकोट, कलंकी र बल्खु हुँदै चोभारसम्म माल बस्तु ल्याउन सकिनेछ । 

भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट बेलहिया, परासी, भुमही, बर्दघाट, नारायणगढ, मुग्लिङ, नौबिसे, नागढुंगा, थानकोट, कलंकी र बल्खु हुँदै चोभार जान सकिनेछ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved