अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न अर्थमन्त्रीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 05:47:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् । अर्थतन्त्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको अवस्था भयावह नभएकोले यस विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

उनले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि सतर्क भने रहनु पर्ने उनले बताए । उनले  विभिन्न निर्णयहरु  मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी दिए । उनले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग नगर्ने, इन्धन खपत घटाउने , सातामा २ दिन सार्वजनिक विदा दिने, रेमिट्यान्स पठाउनेलाई आईपिओ र एफपिओमा आरक्षण दिने लगायतका प्रस्ताव  मन्त्रिपरिषदमा लागिएको जानकारी दिए । 

उनले  देश श्रीलंका बन्छ भन्नु अफवाह भएको पनि उल्लेख गरेका छन् । उनले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्नेबारे आफुलाई अचम्म लागेको बताए। उनले सरकारले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह भएको बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved