आयल निगमका हाकिमले ४० करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 10:26:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्द अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ । कार्यकारी निर्देशक थानीले ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । 

पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै उनी विरुद्द सोमबार अख्तियारमा उजुरी परेको हो । उजुरीमा कार्यकारी निर्देशक थानीले पेट्रोल पम्पहरुसँग मिलेर मूल्य बढाउने गरेको दाबी गरिएको छ । 

उजुरीकर्ता दामोदर रेग्मीले पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन दिएर पम्पहरुमा इन्धन बाँकी हुँदै चर्को मूल्यवृद्धि गर्ने गरिएको उल्लेख गरेका छन् । उनले यस वापत पम्पहरुले पाउने लाभमा निगमका हाकिमले पनि हिस्सा पाउने भएरै उनले पम्पहरुमा स्टक बाँकी हुँदै मूल्य बढाउने गरेको दाबी गरेका छन् ।

निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा पम्पलाई प्रशस्त इन्धन दिएर अनि मूल्य बढाउने कुरा सम्भव नहुने दाबी रेग्मीको छ । 

संसदमा सांसदहरुले पनि सोमबार स्टक क्लियरेन्स नगरी मूल्य बढाउने काम भएको भन्दै यस विषयमा आयल निगमका अधिकारीदेखि मन्त्रीहरुसम्मको मिलेमतो रहेको आरोप लगाएका थिए । 

अख्तियारमा निगमका हाकिम विरुद्द मुद्दा दायर गरेका रेग्मीले तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved