गाडी, मोबाइल र रक्सीको आयात प्रतिबन्ध फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 06:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । 

मंगलबारको मन्त्रिपरिषद बैठकले पौष १ गतेदेखि लागू हुनेगरी यी बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूका अनुसार मुख्यसचिवको संयोजकत्वमा गठित अध्ययन कमिटीले आयातमा गरिएको बन्देज खुलाउन गरेको सिफारिस अनुसार आयात प्रतिबन्ध फुकुवा गरिएको हो । 

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो । 

अब सबै खाले निजी प्रयाजनका ४ पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोनको आयात खुला हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved