२ महानगर र ९ उपमहानगरमा एमालेले छान्यो उम्मेदवार (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2022 | 10:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले दुई महानगर र ९ उपमहानगरपालिकामा आफ्नो उम्मेदवार छानेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका उम्मेदवार बनाउने निर्णय गरेको हो।

चाँसो र चर्चा रहेको काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ। 

यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ। पूर्व मिस नेवा डंगोलले  यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन्।

त्यस्तै पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका छन्।

यी हुन् उम्मेदवार

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द

उपमेयर- चन्द्रकला राना थारु


नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,

उपमेयर– शान्ति ढकाल


तुलसीपुर

मेयर– टिकाराम खडका,

उपमेयर– स्यानी चौधरी


घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी


बुटवल

मेयर– बाबुराम भट्टराई

उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल

उपमेयर–सुमित्रा काफ्ले


धरान

मेयर– मन्जु भण्डारी

उपमेयर–पदम लिम्बु


इटहरी

मेयर– यामकुमार सुब्बा

उपमेयर– संगीता चौधरी


कलैया 

मेयर- बिनोद शाह



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved