एमालेले लगायो चितवनका सातवटै पालिकामा उम्मेदवारको टुंगो, कालिकामा विनोद रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 02:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले चितवनका सातै पालिकामा उम्मेदवारीको टुंगो लगाएको छ । सातमध्ये चर्चामा रहेको भरतपुरको उम्मेदवारका रूपमा बिजय सुवेदीको नाम पहिल्यै टुंगो लागिसकेको थियो भने बाँकीको टुंगो आइतवार लगाएको हो ।

भरतपुर र माडी नगरपालिकामा भने उपमेयरको टुंगो अझै लागिसकेको छैन । त्यसका लागि छलफल भइरहेको छ ।

भरतपुरको मेयरमा बिजय सुवेदीसँगै राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनुका पाठकलाई उठाउने निर्णय एमालेले गरेको छ । त्यसैगरी खैरहनीमा अहिलेकै मेयर लालमणि चौधरी दोहोरिने छन् भने कविता उप्रेती उपमेयर लड्ने भएकी हुन् । रत्ननगरमा विमला दुवाडी मेयर र यादव पाठक उपमेयर उठ्ने भएका छन् ।

माडी नगरपालिकाको मेयरमा ताराकाजी महतोको नाम टुंगो लागिसकेको छ भने उपमेयरको टुंगो अझै लाग्न बाँकी छ । कालिका नगरपालिकामा विनोद रेग्मी मेयरमा र विमला लामा उपमेयरमा उठ्ने भएका छन् 

त्यस्तै इच्छाकामना गाउँपालिकामा दानबहादुर गुरुङ अध्यक्ष र माया सिलवाल उपाध्यक्ष उठ्ने भएका छन् ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved