मन्थलीको मेयरमा ११ जना र उपमेयरमा ६ जनाको उम्मेदवारी (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 03:40:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थली नगरपालिकाको मेयरका लागि ११ जनाको उम्मेदवारी परेको छ । ७ जनाले विभिन्न दलमार्फत उम्मेदवारी मनोनयन दर्ता गराउँदा ४ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । 

मन्थलीको मेयरमा नेकपा एमालेबाट लब श्रेष्ठ, नेपाली काँग्रेसबाट बिनोद कार्की, माओवादी केन्द्रबाट दिपकराज प्रसाइँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट हरिबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रबहादुर कार्की, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट मनोज बुढाथोकी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मदन भुजेलले मनोनयद दर्ता गराएका छन् । 

स्वतन्त्र उम्मेदवारहरुमा चिन्ताबहादुर खड्का, भरत कुमार श्रेष्ठ, यम बहादुर थापा र अरुण श्रेष्ठ रहेका छन् । 

मन्थलीको उपमेयरमा भने ६ जनाको उम्मेदवारी परेको छ । 

नेकपा एमालेबाट इश्वरी बस्नेत, काँग्रेसबाट यशोदा श्रेष्ठ, नेकपा एकिकृत समाजवादीबाट कृष्णबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्ता भुजेल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कोपिला माझीले मनोनयन दर्ता गराएका छन् । 

उपमेयरमा शारदा बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved