रवि लामिछानेले बालेन शाहका लागि भोट मागे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 04:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चारकर्मी रवि लामिछाने र्यापर बालेन शाहको पक्षमा खुलेका छन् । उनले काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहप्रति समर्थन जनाएका हुन् । 

बालेनलाई समर्थन गर्दै रविले काँग्रेस र एमालेबाहेकका साना दल र अरु स्वतन्त्र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेका छन् । उनले कांग्रेस, एमाले र बालेन शाहबीच प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरेका छन् ।

‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर । जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु’ रविले लेखेका छन् ।

May be an image of 4 people and text that says 'Rabi Lamichhane 2h ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहर अर्का तिर| जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु| Vs VS'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved