बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिने सत्तारुढ गठबन्धनको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 01:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ गठबन्धनले गठबन्धनको सहमति विपरित परेका सबै उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसको पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो ।

 गठबन्धनले निम्न ७ बुँदे निर्णय गर्दै सोहि अनुसार कार्य गर्न गराउन आ-आफ्ना दलका निकायहरुलाइ निर्देशन गर्ने निर्णय गरेको हो ।

यस्ता छन् गठबन्धनका निर्णय  : 

१. ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठवन्धन भित्रका दलको तर्फवाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने ।

२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्वन्धित दलले आवस्यक कार्य गर्ने।

३. ६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँटको सम्झदारी गर्ने ।

४. नगरपालिका र गाँउपालिकाहरुमा गठवन्धनका दलहरुका बिचमा भईसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुवाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने ।

५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने ।

६. गठबन्धनका दलहरुका बिचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाँउपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवस्यक परामर्श र सहयोग लिने ।

७. गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाँउमा सम्बन्धित दलले अविलम्व खारेज गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved