स्थापितलाई कांग्रेस प्रवक्ताको जवाफ 'मेयरमा फर्किन्छु भन्ने सपना नदेखे हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 03:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन्। बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे। उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किननसक्ने जिकिर गरे । प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे । उनले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए ।

प्रवक्ता महतले भने , ‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा । गेम इज ओभर रे । म भन्छु उहाँको गेम इज ओभर । अब वागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ । राजनीति मनोरञ्जन होइन, देश नै मनोरञ्जनमय भएको छ । हुँदाहुँदा हामीलाई पनि राजनीति नै जसले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ । राजनीति मनोरञ्जनको विषय होइन । अरु पार्टी कुरा गर्छन् नेपाली काँग्रेस काम गर्छ ।’

प्रवक्ता महतले नेपाली काँग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहीताको धज्जी उडाएको आरोप लगाए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved