३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भुगोलपार्क डटकममा हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 05:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भूगोलपार्क डटकममा हेर्न सकिने भएको छ । स्थानीय चुनावको लोकतान्त्रिक अभ्यासलाई थप बलियो पार्ने उद्देश्यले सर्भेक्षण प्ल्याटफर्म भुगोलपार्क डट कम सुचना केन्द्रको सुरुवात गरेको हो।

 नेपालको इतिहासमा पहिलो पटक उम्मेदवारहरुले आफै आफ्नो सुचना दिन सक्ने भुगोलपार्क डट कम प्ल्याटफर्म सुचना केन्द्रको बारेमा बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

 देशभरीका ७५३ स्थानीय निकायमा ३५,२२१ निर्वाचित उम्मेदवारहरुको एकै ठाउँमा जानकारी दिने सुचना केन्द्रको सुरुवात गरेको जनाएको छ । कम्पनीले मतदाता र उम्मेदवारलाई जोड्ने यो भुगोलपार्क डटकम जति बढी प्रयोग गर्यो त्यत्तिकै आर्टिफिसियल इण्टेल्लिजेन्सद्धारा स्मार्ट बन्दै जाने पनि दाबी गरेको छ।

भुगोलपार्क डटकम मा गएर स्थानीय चुनावको लिंकमा थिचेर स्थानीय निकायको प्रतिस्पर्धीहरुको राजनीतिक प्रोफाइल पेज भेट्न सकिने जनाइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै भुगोलपार्क डटकमका फाउण्डर सिमोन ढुंगानाले २०२० मा अमेरिकामा बस्ने नेपालीहरुकबीच एउटा सर्वे गरेको बताए । अमेरिकामा गरेको सर्वेले नेपालमा पनि सर्वेक्षण प्ल्याटफार्मको आवश्यकता महसुस भएपछि भुगोलपार्क डटकम जन्मिएको सुनाए । वेबसाइटले स्थानीय चुनाव नजिक आएको भन्दै उम्मेदवारहरुको बारेमा जनतालाई अहिलेसम्म केही थाहा नभएको र सजिलै सुचना दिने बताए । 

लोकतान्त्रिक अभ्यास गर्न, सुदृढ र थप बलियो बनाउन भुगोलपार्क वेबसाइट सञ्चालनमा ल्याएको उनले दाबी गरे । आफ्नो वेबसाइटबाट जनताले उम्मेदवारको पहिचान गर्ने र जनतालाई नेताले पनि चिन्ने विश्वास व्यक्त गरे ।

 उनले भने,‘आगामी बैशाख ३० गते ७५३ स्थानमा चुनाव हुन गइरहेको छ, कुन स्थानमा कस्तो उम्मेदवार उठेका छन्, त्यसको बारेमा जनतालाई केही थाहा छैन्, कसैसँग पनि नेताको विवरण छैन् । अब हामी विवरण दिन चाहान्छौ । यसले जनतालाई नेताचिन्न सहयोग हुनेछ ।’ नेताहरुको सबै विवरण हेर्नको निम्ति वेबसाइटको स्थापना गरेको उनले जिकिर गरे । भुगोलपार्क डटकममा राजनीतिक दलका नेताहरुले आफैले प्रोफाइल अपडेट गर्दै जान मिल्ने पनि उनको भनाई थियो ।  

यसले नेताहरुको चुनाव प्रचारमा खर्च कम गर्ने र भ्रष्टाचार न्युनिकरणमा सहयोगी भुमिका खेल्ने पनि धारणा राखे ।  नेताको प्रोफाइल राख्दा जनताले सजिलै विगत हेर्न पाउने  नेता चुन्न सजिलो हुने उनले बताए । ढुंगानाले वेबसाइटमार्फत नेताको लोकप्रियता पनि मापन गर्न सजिलो हुने उनको भनाई थियो । 

उनले भने,‘कोभिड–१९ विरुद्धको खोप लगाएपनि त्यसको असर कस्तो पर्यो त्यसको आंकडा कतै छैन् अब भुगोल पार्क डटकमबाट जनताले त्यसको बारेमा पनि जानकारी पाउन सक्नेछन् ।’ 

अपरेसन डिपार्ट हेड उपेक्षा तुलाधारले भुगोलपार्क डटकम मा कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयको खोजी  गर्न सकिने बताइन् । उनले भुगोलपार्क डटकम आगामी चुनावमा उठ्ने उम्मेदवार तथा राजनीतिमा लाग्ने नेताहरुको जानकारी एकै स्थानमा पाउन सकिने जानकारी दिइन् । 

यसबाट नेताहरुलाई चुनावमा प्रचार–प्रसारमा खर्च पनि कम लाग्ने उनको भनाई थियो । उनले भनिन्, ‘टेक्नोलोजीको माधयमबाट उम्मेदवारहरुको विगत, भविष्य र वर्तमान अवस्था, विगतमा गरेका प्रतिवद्धता समेत उपलब्ध गराउँदा देशको अर्थतन्त्रलाई पनि सहयोग पुग्नेछ ।’ 

त्यस्तै, सिस्टम डिजाइनर प्रतिकराज रघुवंशीले बजारमा उपलब्ध भएका मोवाइल सबै डिभाइलाई सपोर्ट गर्ने प्ल्याटफार्मको डिजाइन गरेको बताए । उनले भने,‘यो सबै खाले टेक्नोलोजीमा चलाउन सकिन्छ । तपाईहरुले खोजेको र हामीसँग उपलब्ध भएका डाटा चार्ट र भिजुलाइजेसनबाट सबैखाले तथ्यांक देखाउँछौ ।’ 

यसैगरी, आइटी प्रोजेक्ट म्यानेजर सृष्टि महर्जनले भुगोलपार्क डट कम वेबसाइटबाट सजिलैसँग उम्मेदवारहरुले विवरण राख्न र हेर्न सकिने बताइन् ।  उनले भनिन्,‘उम्मेदवारहरुले आफ्नो कार्यकालमा जतिपनि गरेका काम छन् ती सबैको विवराण वेबसाइटमा हुन्छन् । खोजेको बेलामा जो कसैले पनि सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।’ उनले सबै पार्टी, कार्यसमितिको सुचना, सदस्यहरुको सुचनाहरु पनि राख्न सकिने बताइन् । भुगोलपार्क डटकममा नेताहरु कत्तिको लोकप्रिय छन् भन्नेपनि पत्ता लगाउन सजिलो हुने उनको भनाई थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved