नेपालगञ्जमा उपमहानगरका तीनजना उम्मेदवारकाे मनोनयन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 12:12:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका तीनजनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको वडा नं. १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं. ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं‍. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved