भरतपुरमा कांग्रेसका बागी पौडेलसँगै प्रस्तावक र समर्थक कांग्रेसबाट निकालिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 05:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।

कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट निष्कासित भएका हुन् ।

पौडेलले आज पाँच बजे तोकिएको निर्धारित समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका हुन् । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर नै पुगेर प्रयास थालेका थिए ।

सत्ता गठबन्धनको निर्णयअनुसार भरतपुरको मेयरमा निवर्तमान मेयर रेणु दाहाललाई टिकट दिने सहमति भएको थियो । हसिया हथौडामा भोट नहाल्ने भन्दै पौडेलले बागी उम्मेदवारी दिएका हुन् ।

कांग्रेसले आजै एक विज्ञप्ति जारी गर्दै निर्धारित समयभित्र उम्मेदवारी नलिने उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिने चेतावनी दिएको थियो ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved