स्थानीय चुनावः काँग्रेसले १९ जना महिलालाई प्रमुख र अध्यक्षमा उठाउँदा एमालेले ५५ जनालाई उठायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2022 | 06:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने पार्टीमा नेकपा एमाले अघि देखिएको छ । 

निर्वाचन आयोगका अनुसार एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ महिलालाई उम्मेदवार बनाएको छ । एमालेले २ सय ६० जनालाई नगरपालिको उपप्रमुख र ४ सय १० जनालाई गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाएको छ । 

माओवादी केन्द्रले १८ महिलालाई नगर प्रमुख र २९ महिलालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ जना महिलालाई प्रमुख र ४२ जनालाई अध्यक्षमा उठाएको छ ।

एकीकृत समाजवादीले नगर प्रमुखमा २३ जना महिलालाई उम्मेदवार बनाउँदा १२ जना महिलालाई अध्यक्षमा उठाएको छ ।

नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टीले १५ जना महिलालाई प्रमुख र १० जना महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved