स्थानीय तहको निर्वाचनमा आठ हजार जनाको उम्मेदवारी फिर्ता : निर्वाचन आयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2022 | 10:42:25 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिए। 

उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भईरहेको पनि बताए। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । 

प्रवक्ता पौडेलले भन्नु भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन । त्यसमा करिव एक लाख ४५ हजार करिव उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved