चुनावबारेको टिकटक बनाएर यसरी कमाउनोस् ५० हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2022 | 10:40:21 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियो सन्देश प्रचार गर्ने प्रतियोगिता योजना गरेको छ । आयोगले तयार पारेको भिडियोमा टिकटक बनाई २० लाख दर्शक बनाएरमा आयोगले पुरस्कार दिने जनाएको हो ।

 यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको प्रचार प्रसारका लागि आयोगले तयार गरेका सन्देशमूलक भिडियोहरू आयोगको ट्विटर, युट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालहरूमा अपलोड गरिएको छ । यस्ता भिडियोहरूलाई टिकटक बनाई वा पहिलेकै स्वरूपमा २०७१ साल वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा पोस्ट गर्ने, सेयर गर्ने र पचास लाख, तीस लाख र बीस लाख दर्शक पुयाउने व्यक्ति वा संस्थालाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिने आयोगले जनाएको हो ।

 यसमा इच्छा हुने व्यक्ति अथवा संस्थाले यस प्रतियोगितामा भाग लिन आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार टिकटक भिडियोमा पचास लाख वा सोभन्दा बढी दर्शक पुऱ्याउनेलाई रु.५००००, तीस लाख वा सोभन्दा बढी दर्शक पुऱ्याउनेलाई रु.३०००० र बीस लाख वा सोभन्दा बढी दर्शक पुयाउनेलाई रु.२०००० नगद पुरस्कारले दिने जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved