काठमाडौँ महानगरको दोस्रो आधिकारीक अपडेट: बालेनलाई १२९ मतको अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 11:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । लौरो चिह्न लिएर निर्वाचनमा होमिएका शाहले अहिलेसम्म ७ सय ६८ मत पाएका छन् ।

उनको निकटम प्रतिद्वन्द्वीका रूपमा एमालेका केशव स्थापितले ५५० मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंह ४२१ मतले तेस्रो स्थानमा छन् । हाल काठमाडौँ महानगरको वडा नम्बर १,२,३, ४ र ३२ को मत गणना भईरहेको छ । यो मतपरिणाम भने वडा नम्बर १ को ७१० , वडा नम्बर २ को ४८० , वडा नम्बर ३ को २०० , वडा नम्बर ४ को २०० र वडा नम्बर ३२ को ७०० को  मत गणना गर्दाको हो  । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार साँझ ६:४५ बजे आधिकारिक रुपमा पहिलो अपडेट दिएकोमा अहिलेको अपडेट भने दोस्रो आधिकारिक अपडेट हो, जुन १०:४५ बजे दिईएको हो । स्वतन्त्र उम्मेदवार भएपनि बालेनले एमाले र कांग्रेसबाट भोट तानिरहेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार   वडा नम्बर १ को ७१० , वडा नम्बर २ को ४८० , वडा नम्बर ३ को २०० , वडा नम्बर ४ को २०० र वडा नम्बर ३२ को ७०० को  मत गणना गर्दा  सुर्यमा ५५० , रुखमा ४२१ , तराजुमा १६, हलोमा १०५, खड्गमा ४, तीरमा ३, साँचोमा १, किताबमा १, मकैको घोगामा १, पुतलीमा १, लैरोमा ७६८ ,  आँखीझ्यालमा १०४ मत आएको छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved