म्यानपावर कम्पनीको धरौटी ६ करोड पुर्याउने प्रक्रिया पुन: सुरु, संसदमा पुग्यो बिधेयक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 11:40:30 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर कम्पनीको धरौटी बढाउने ब्यबस्था सहितको विधयेक संघीय संसदमा दर्ता भएको छ । संसदमा दर्ता भएको केहि नेपाल ऐनलाई संशोधन गर्न बिधेयकमा म्यानपावर कम्पनीको धरौटी बढाएर ६ करोडसम्म पुर्याईने प्रस्ताव रहेको छ ।

बिधेयकको दफा २६ मा बैदेशिक रोजगार ऐन २०६४ मा संशोधन गरिने उल्लेख छ । जस अनुसार ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड गरी कुल ६ करोड हुनु पर्ने उल्लेख छ  ।  त्यस्तै ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावरको धरौटी नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड गरि ३ करोड पुर्याउने उलेख छ ।

त्यस्तै म्यानपावर कम्पनीहरु एक आपसमा गाभिन सक्ने ब्यबस्था छ  ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved