देश कै ठुलो आयोजनाको ड्याम खोलिने, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 07:49:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुककै ठूलो कालीगण्डकी 'ए' जलविद्युत् आयोजना मर्मतको लागि दयाम खोलिने भएको छ । बिहीबार राति ९ बजेदेखि चार दिनसम्म ड्याम खोलिने आयोजनाले जनाएको छ। 

ड्याम खोलिने भएकोले  ड्यामदेखि पावर हाउससम्मका क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई सचेत रहन आयोजनाले आग्रह गरेको छ । आयोजनाले स्याङ्जा, पाल्पा र गुल्मीका ६ वटा स्थानीय तहका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । आयोजनाका अनुसार स्याङ्जाको कालिगण्डकी, पाल्पाका तानसेन र बगनासकाली तथा गुल्मीका कालिण्डकी, सत्यवती र रुरु गाउपालिकाका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

आयोजनाका अनुसार आज बेलुकी ९ बजेदेखि १२ गते सोमबार बिहान १० बजेसम्म उत्पादन बन्द गरेर आयोजना मर्मत गरिने छ । यसका कारण कोहरपुरदेखि दुहवीसम्मका १ सय ३३, ६६ र ३३ केभी सबस्टेशनबाट औद्योगिक फिडरमार्फत बिजुली आपूर्ति हुने क्षेत्रमा बिजुली अनियमित हुनसक्ने आयोजनाले जनाएको छ । 

कालीगण्डकी परियोजनाको क्षमता १ सय ४४ मेगावाट छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved