स्वतन्त्र उर्जा उत्पादकहरुको निर्वाचन सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 03:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानको चैत्र १७ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ  । कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि सरकारले २५ जना भन्दा बढी जम्मा हुन् नपाउने निर्देशन जारि गरेपछि चुनाव स्थगित भएको हो ।  

अब निर्वाचन आगामी बैशाख २१ र २२ गते हुने जनाईएको छ ।    

यस पटक इपानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको निर्वाचन हुने छ । त्यस्तै ४ खुला सदस्य र २ महिला सदस्यको लागि निर्वाचन हुने छ । बाँकि २ जना सदस्य निर्वाचित कार्य समितिको पहिलो बैठकबाट चयन हुने छन् । जसमा निवर्तमान अध्यक्ष र १ एसोसिएट सदस्य चयन हुने ब्यबस्था छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved