रोकिएको ङादी आयोजनाको काम पुन: सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 10:44:37 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला सहज भएसँगै आयोजनाको काम शुरु भएको हो । 

यतिबेला आयोजनाको ड्यामसाइट र डेनस्टक पाइप लाइनको काम भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । “चिनियाँ करिब ४० र नेपाली दुई।तीन जना कामदारले काम गरिरहेका छन्, लकडाउनका कारण केही समय रोकिँदा आयोजनाको काम प्रभावित भए पनि अहिले भने धमाधम भइरहेको छ”, उनले भने । विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको यस आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । 

उक्त सम्झौताअनुसार गत चैत्र महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । तर, विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माणकार्य लम्बिएको छ । हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । 

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको छ ।  आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा रु ४।८० र सुक्खायामका लागि रु ८।४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved